अव्यवस्थित खानापान र जिवनशैलीकै कारण मानिसमा मधुमेह(सुगर) रोग लाग्ने गर्छ । प्रत्येक बर्ष नेपालमा मधुमेहका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्गहरुले बताउछन् ।

हामीले एउटा कुरा ध्यान राख्न्नु पर्छ मधुमेह लाई ध्यानमा राख्न सकेन भने यसले गम्भिर प्रकृतीका रोगहरु समेत निम्त्याउछ । बिरामीले खाना बार्ने भन्दैमा खाने कुरा बन्द नै गर्नुपर्छ भन्ने पनि हैन मात्र यसलाई ब्यालेन्स मिलाएर खान जान्नुपर्ने हुन्छ ।

मधुमेह २ प्रकारका छन् रहेका छन् । १ सेकेन्डरी मधुमेह र २ गर्भवतीमा हुने मधुमेह हो ।
पहिलो प्रकारको मधुमेहका बिरामी बच्चाहरुले खाना खोजे भने अन्न मात्र होइन, चिल्लोको मात्रा पनि मिलाएर दिनुपर्छ । ईन्सुलिन लिइरहेको हुनाले त्यसको मात्रा हरेर खाना दिनु राम्रो हुन्छ ।

चिल्लोले सुगरलाई ढिला बढाउछ । केही समय नवढाए तापनि कुनै न कुनै समय यसले बढाएकै हुन्छ । मैदा, भात खाएर मात्र होइन चिल्लो पदार्थले समेगर सुगरलाई असर गरिरहेको हुन्छ त्यसैले खानामा चिनी भात वा आलु मात्र बारेर केही हुदैन ।

चाडपर्वको समय रहेको छ । खसीको र शाकाहारीहरुले चिल्लो युक्त खाने चलन छ जुन सुगरको बिरामीहरुको लागि हानिकारक रहेको छ ।

चिल्लो, पिरो, गुलियो र मसालेदार खानाले सुगरका मात्र नभएर स्वास्थ्य मानिसमा पनि यसले दिर्घकालीन असर गर्ने छ । यस्ता खाना पच्यो भन्दैमा जथाभावी खानु भन्दा पनि यसलाई मिलाएर खादा अति उपयुक्त हुन्छ ।

हामीले देख्न सक्छौ चिल्लोपनले रातो मासु खाएको जस्तै यसले पनि हामीलाई असर गर्नेछ । सुगरफ्री मिठाइमा पनि अत्याधिक मात्रा चिल्लोपना रहेको हुन्छ । खानै मन लागेमा पनि खाना खाएको केही समय पनि थोरै मात्रामा खान सकिन्छ । सुगरका बिरामीहरुको लागि खाना खानुबित्तिक्कै कुनै चिज खानु अत्याधिक हानिकार हुन्छ ।

के खादाँ राम्रो
ताजा फलफुलको सिजन भएकाले हामीले प्रसस्त मात्रामा फलफुल तथा ताजा सागपातहरु खाना सक्छौ । साथै प्रशस्त मात्रामा नासपाती तथा हलुवावेदको समेत सेवन गर्न सक्छौ । नेपाल यस्तो देश हो जहाँ बाहै महिना हरियो तरकारी पाईन्छ यसैले हरियो तरकारी प्रयोग धेरै लाभदायिक हुन्छ ।

तिहारमा भने बदाम, ओखर जस्ता खनिज भएका फलफुल खान सक्छौ । खसी, राँगा वा बँदेलको रातो मासु भने खानै हुँदैन। केही मात्रामा माछा वा खुकुराको मासु पनि खान सकिन्छ।