प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेरो सरकार होइन भने कसको सरकार हो त भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि नेपाली कांग्रेसले मेरो सरकार भन्यो भन्दै हिँडेको आरोप लगाएर हामीलाई बद नाम गराउन खोजे भन्दै गर्जिए ।

ओलीले ‘मेरो सरकार’ प्रकरण बारे बोल्दै भने: “राष्ट्रपतिले अरु देशको सरकारको प्रतिवेदन पढ्ने हो र मेरो सरकार नभन्न ? अरु देशले कस्तो अभियास गरेको छ त्यो पनि हेर्ने गरेर बोले हुन्थ्यो तर यहाँ केही कमजोरी नभेटिएपछि बदनाम गराउन नचाहिदो कुराको हल्ला गरेको देख्दा अचम्म लाग्छ । नेपाली कांग्रेस जसले आफुलाई जेठो पार्टी भन्छ अनि यस्तो कुरामा टिप्पणी दिदै हिडेको देख्दा अचम्म लाग्यो । “

प्रधानमन्त्रीले नेता मदन भण्डारी लाई सम्झिदै भने: जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन |

हेर्नुहोस भिडियो: