भारतीय रियालिटी शोमा तहल्का मच्चाएकी नेपाली छोरी तेरिया मगर अहिले नेपाल आएकी छिन र यहि मौकामा मिडिया संग भलाकुसारी गरेकी छिन र आफ्नो नया अपडेटहरु सुनाएकी छिन । तेरिया मगर लाई बिर बिक्रम २ फिल्मको प्रिमियरमा देख्दा मिडियाहरु उत्साहिक थिए र यो माया देखेर तेरिया मगर आफु खुशी भएको बताउछिन ।

तेरिया मगर अहिले देश विदेशमा नेपाली समुदाय बीच डान्स पर्फर्मेन्स गर्नमा व्यस्त छिन । तेरिया मगरले नेपाली फिल्म खेल्ने भनेर पनि चर्चा चलेको थियो तर तेरियाले अन्तर्वार्तामा यो समाचार हल्ला मात्र भएको बताएकी छिन । तेरिया भन्छिन: “म आफै छक्क परे मैले फिल्म खेल्न लागेको समाचार देख्दा । मलाई नै थाहा छैन कि म फिल्म खेल्दै छु भनेर । अहिले फिल्म खेल्ने कुनै योजना छैन र सोचेकी पनि छैन ।”

क्यानाडा नेपालका लागि मदन रिजाल संग तेरिया मगरले आफ्नो रियालिटी शो बाट सुरु भएको यात्रा र अहिले सम्मको सफलताको बारेमा खुलेर बताएकी छिन र साथै आफु भारतमा बसेर कसरी नेपाल र नेपाली लाई माया गरिरहेकी छिन भनेर आफ्नो भावना व्यक्त गरेकी छिन । आफुलाई पल शाह र अनमोल केसी एकदमै मनपर्ने कुरा पनि खोलेकी छिन तेरियाले ।

तेरिया मगर संग गरिएको कुराकानीको भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?v=EJzHCZxuc5Q