पत्रकार सुशील पाण्डेले एभिन्युज टिभि लागि लिएको एक अन्तर्वार्ता अहिले सोसल मिडियामा चर्चाको विषय बनेको छ । उप-प्रधानमन्त्री र स्वास्थ्य मन्त्रि उपेन्द्र यादव संग लिएको अन्तर्वार्ता एकाएक भाईरल बनेको छ र साथै यस अन्तर्वार्ताको चौतर्फी टिक्का टिप्पणी पनि चल्यो । कार्यक्रमको क्रममा उपेन्द्र यादव आवेसमा आएर कार्यक्रम छोडेर निस्किए पछि अन्तर्वार्ता भाईरल बन्न पुग्यो ।

अन्तर्वार्तामा उपेन्द्र यादव र पत्रकार सुशील पाण्डे बीच निकै लामो बहस चल्यो र त्यहि क्रममा उपेन्द्र यादवले तपाईको प्रश्न सोध्ने शैली मन परेन भन्दै उठेर हिडेका थिए । पत्रकारले पनि तपाई मेरो प्रश्नको जवाफ दिन सक्नुहुन्न भने उठेर जानुस भनेका थिए । पत्रकारले कार्यक्रमको पाहुना लाई तपाई जानुस भन्दा अनादर गरेको भन्ने टिक्का टिप्पणिले सुशील पाण्डे लाई अफ्ट्यारोमा पारेको छ । उपेन्द्र यादव उप-प्रधानमन्त्रि साथै स्वास्थ्य मन्त्रि पनि भएको हुनाले पत्रकारले त्यसरी प्रस्तुत हुनु गलत थियो भनेर चौतर्फी आलोचना पनि भएको छ ।

आफुले पाएको चौतर्फी आलोचना र ज्यान मार्ने धम्कि आएपछि सुशील पाण्डेले मिडिया सामु आएर वास्तविकता पोखेका छन् । क्यानाडा नेपालको लागि मनोज मानव संग कुरा गर्दै सुशील पाण्डेले भने: “मैले जनताको आक्रोश मेरो शैलीमा मन्त्रि उपेन्द्र यादव लाई सोधेको हु । कुनै भाईरल हुन वा कसैको प्रभावले त्यसरी प्रस्तुत भएको होईन म । मैले उपेन्द्र यादवको व्यक्तिगत कुरा देखि नकरात्मक कुराहरु उठाएको थीइन । पार्टी एकता र त्यसको भविष्य र योजनाको बारेमा वहस गर्न खोज्दा वहा आवेशमा आउनुभयो ।”

सुशील पाण्डे संग गरिएको भिडियो कुराकानी हेर्नुहोस भिडियो:

https://www.youtube.com/watch?v=kaztYUvuiSM