गीतकार तथा सर्जक किरण बाबु पुनको उत्कृष्ट लोक दोहोरी गीत ‘समय’ बजारमा सार्बजनिक भएको छ।  गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि किरण बाबु पुनकै रहेको छ।

चर्चित निर्देशक बाबुराजा केसीले निर्देशन गरेको गीतको भिडियोलाई कृष्ण फिल्म्सले बजारमा ल्याएको हो l मधुर बस्नेतको छायांकन रहेको गीतको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् l निकै पुरानो कथालाई भिडियोमा उतारिएको गीतको भिडियोमा प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ।