गायिका टिका प्रसाईंको स्वरमा ‘तिमी साथ भएपछि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने गीतको रचना सुरेस वाग्लेले गरेका हुन् ।

सुरेश बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुलेखा खानको शृंगार रहेको छ l उत्सव रसाइलीको छायाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छ। अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा आंचल शर्मा र पल शाहको अभिनय रहेको छ l

https://youtu.be/i_NwtHQzV1s