तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बनेका पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गरेका छन् । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको काम पनि तिब्र रुपमा अघि बढिरहेको र २ दिन भित्र सम्पन्न गर्ने र मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने जानकारी दिए ।

अध्यक्ष दाहालले एमाले पार्टी का ३ शिर्ष नेताहरु लाई प्रधानमन्त्री बनाउन आफुले पहल गरेको कुरा नेताहरु कै अगाडि गज्जब संग भन्दै प्रश्न सोधे: मलाई अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?

अध्यक्ष प्रचण्डले युवाहरुको उर्जा र साथ पाए केहि नया प्रयोग गर्ने र माथि जाने मनछ भन्दै युवा साथिहरु लाई साथ समर्थन गर्न आग्रह गरे । जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताए ।

हेर्नुहोस भिडियो: