गायक रुपक डोटेल र गायिका निकिता थापाको स्वरमा ‘तिमी सँधै’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना र किरण कंडेलको संगीत संयोजन रहेको छ ।

राज खड्काले निर्देशन गरेको गीतको भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ ।