नायिका स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भएकी थिइन।


बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने स्वस्तिमा लाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो ।

४ दिने बसाईमा उनले शोमा सहभागीता सँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरेकी छिन् । उनले सुमन्द्री किनारामा खिचिएको केहि तस्बिर आफ्नो इस्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् l टु पिसमा उनी निकै बोल्ड देखिएकी छिन् ।