फिल्म ‘लभ डायरिज’ को प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको दुई पोस्टरमा नव-अभिनेत्री रुविना थापासँग अभिनेता शुशील रोमान्टिक अवतारमा देखिएका छन् । आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका छन् l फिल्ममा ‘युवा-युवती बीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएको बताइएको छ l

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । फिल्ममा शुशील र रुविनाको साथै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ ।