साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अहिलेको विवादित अन्तरवार्ता बारे कमी कमजोरी केलाएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव को एक निजि टिभि मा प्रसारण भएको अन्तर्वार्ता अहिले विवादित मा रहेको छ । अन्तर्वार्ता दिदा दिदै उपेन्द्र यादव ले पत्रकार को प्रश्न गर्ने शैली भएन भन्दै आक्रोशित रुप मा उठेर हिडेका थिए । अहिले यो भिडियो विवादित र भाईरल भई रहेको छ र यस बारे रविन्द्र मिश्र ले एक पत्रकार सम्मेलन मा पत्रकार र मन्त्रि को कमजोरी केलाएका छन् ।

साझा विवेकशील पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न मा रविन्द्र ले भनेका छन् : कार्यक्रम का पत्रकार ले आचार संहिता र पत्रकारको धर्मअनुसार अतिथिलाई झपार्न पाईदैन । पत्रकार को गल्ति भएको छ र उहा ले पनि महशुस गर्नु भएको होला । उपेन्द्र यादव ले पनि त्यसरी पेस आउनु हुदैन थियो तर अतिथि ले झापड हाने भन्दै मा पत्रकार ले पनि झापड हान्न त मिलेन नि ।

हेर्नुहोस भिडीयो:

https://www.youtube.com/watch?v=m9QPiMd-GGQ