काठमाडौं । अनुहारमा रहेको दाग हटाउन बेसनको प्रयोग अत्याधिक राम्रो मानिन्छ । बेसनको पिठोमा दुध र कागतीको रसलाई घोलेर पेस्ट बनाउनुहोस् सो पेस्टलाई अनुहारको चारै तिर लगाउनुहोस् र आधा घण्टा जति सुक्न दिनुहोस् ।

त्यसपछि सफा पानीले अनुहार सफा गर्नुहोस् केही दिनको प्रयोगमै तपाईको अनुहारमा चमक आउने छ ।
त्यस्तै अनुहारमा दहिको प्रयोग पनि लाभकारी मान्न सकिन्छ, एउटा कचौरा मा आवश्यकता अनुसार दही र ४/५ थोप्पा कागतीको रस मिसाएर पेस्ट बनाउनुहोस् र सो पेस्टलाई कपासको मद्दतले अनुहारमा लगाउनुहोस् केही दिनको प्रयोगले नै तपाईको अनुहारमा निखारता ल्याउने छ ।

अर्को तरिका भनेको कागती र महको मिश्रण लाई अनुहारमा लगाउनाले पनि अनुहारमा निखारता ल्याउने छ, याद राख्नुहोस् सो पेष्ट अनुहारमा करिब २ मिनेट लगाउनु पर्ने छ ।

बेसारमा पाइने एन्टिब्याक्टेरियल गुण स्किनका लागि निकै उपयोगी हुन्छ । त्यसैले सस्र्यूंको तेलमा बेसार पकाएर अनुहारमा लगाएमा पनि अनुहारका दाग, धब्बा तथा दण्डिफोर हट्दै जाने छन् ।