२९ बैशाख २०७६ एजेन्सी: विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज महेन्द्रसिंह धोनीको चेन्नाई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स उपाधिको लागि भिड्दैछन् ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।यी दुवै टिम आईपीएल क्रिकेटका सवैभन्दा सफल टिम भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

चेन्नई सुपर किङ्गसले सन् २०१०, २०११ र २०१८ गरि ३ चोटी उपाधि हात पारेको थियो । सन् २०१० मा मुम्बईलाई २२ रन,२०११ मा बेंंगलोरलाई ५८ रन र २०१८ मा हैंदरावादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो भने चेन्नई पछिको सर्वाधिक सफल टिमको रुपमा मुम्मई इन्डियन्सलाई लिने गरिन्छ ।

मुम्बईले सन् २०१३, २०१५ र २०१७ को उपाधि जितेको थियो । मुम्बईले सन् २०१३ मा २०१५ मा क्रमश २३ र ४१ रनले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो । सन् २०१७ मा भने राईजिङ पुणे सुपरजाईन्टलाई १ रनले हराउँदै उपाधि चुम्न सफल भयो ।मुम्बई सन् २०१० मा चेन्नईसँग २२ रनले पराजित हुँदै पहिलो उपाधि जित्न चुकेको थियो । सन् २०११, २०१२ र २०१४ मा प्ले अफ स्थान बनाउँदा अन्य संस्करणमा भने समुह चरणबाटै बाहिरियो ।

संभावित प्लेइंग इलेवन

चेन्नई सुपर किंग्स: 1 शेन वॉटसन, 2 फाफ डु प्लेसिस, 3 सुरेश रैना, 4 अंबति रायडू, 5 एमएस धोनी (कप्तान और विकेटकीपर), 6 रवींद्र जडेजा, 7 ड्वेन ब्रावो, 8 हरभजन सिंह, 9 दीपक चाहर, 10 इमरान ताहिर, 11 शार्दुल ठाकुर.

मुंबई इंडियंस: 1 क्विंटन डि कॉक (विकेटकीपर), 2 रोहित शर्मा (कप्तान), 3 सूर्यकुमार यादव, 4 ईशान किशन, 5 हार्दिक पंड्या, 6 क्रुणाल पंड्या, 7 कीरोन पोलार्ड, 8 राहुल चहर, 9 जसप्रीत बुमराह, 10 लसिथ मलिंगा, 11 जयंत यादव.

खेलको सम्पूर्ण जानकारी
चेन्नई सुपर किंग्स भर्सेस मुंबई इंडियंस
लाइभ :Star Sports 1, Star Sports 2, Star Sports 3, Star Sports 1 in Hindi, Star Sports HD
खेल समय : ८:१५ बजे राती ( नेपाल )