दैलेख । मध्यपहाडी राजमार्गको दैलेख खण्डमा पर्ने १ सय २६ किलोमिटर सडक मध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी सुरु गरिएको छ । दैलेखको पूर्वी खण्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरे सम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो ।

उक्त स्थानमा दुईवटा निर्माण कम्पनीले ठेक्का लिएका छन् । खुलेको ठेक्का मध्ये ४२ प्रतिशत रकम घटेर ३६ करोड ५ लाखमा ११.८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि शर्मा गजुरमुखिले काम लिएको छ ।

२०७७ असारमा काम सक्नुपर्ने भएपनि अहिले ५८ प्रतिशत काम सम्पन्न भैसकेको ईन्जिनियर तुलाराम शर्माले बताउनुभयो । सोही क्षेत्रमा रमन के.एस.जेभिले १० किलोमिटर सडक कालोपत्रेका लागि ३९ प्रतिशत ठेक्का घटेर २८ करोड २४ लाखमा २०७४ असारबाट काम सुरु गरेको थियो अहिले ६४ प्रतिशत काम सम्पन्न भैसकेको शर्माको भनाई छ ।