बीरगञ्ज । बीरगञ्जको माईस्थान चोक नजिकै सडक खण्डमा आज बिहान १० बजे दिल्ली पब्लिक स्कूलको बिद्यार्थी बोकेको ना १ ख ७७८७ नम्बरको बसले बिपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना महिलाको मृत्यु भएको छ ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदैगरेको स्कूलबसले बिपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि रहेकी बीरगञ्ज महानगरपालिका वडा नम्बर १६, मिथिलानगरकी ३० बर्षिया कुञ्जन चौरसियाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौरसियाको उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक साहिल चौरसिया भने सामान्य घाइते भएका र उनको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ

Read more at: http://radionepal.gov.np/news-details/26174/2019-04-17
Follow us: @radionepal on Twitter | @radionepal on Facebook