सप्तरी । सप्तरीको राजविराजमा रहेका तीनवटा पसलमा आज बिहान आगलागी भएको छ ।
राजविराज वडा नम्बर ७ मा रहेका होटेल पशुपति, शोरभ शीतल कोल्ड पसल र कपडा पसलमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमूख राजेन्द्र बिष्टका अनुसार, आगलागीको विस्तृत तथ्याङ्ग आउन बाँकी रहेको र आगलागीबाट लाखौँको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट पशुपति होटेल र कपडा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको र मदिरा पसलमा समेत निकै क्षति भएको जानकारी प्रहरीले दिएको छ ।
आगलागी कसरी भएको खुल्न नसकेको र त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमूख विष्टले बताउनुभयो