मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्र ‘वीर विक्रम २’ को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बाचा’ बोलको गीतमा ताराप्रकाश लिम्बु र दिपा लामाको आवाजमा रहेको छ । गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द तथा गायक लिम्बुको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा पल शाह र बर्षा शिवाकोटी फिचर्ड रहेका छन् ।

चलचित्र मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको छ । सुदिप बरालले खिचेको गीतलाई बनिष शाहले सम्पादन गरेका छन् । चलचित्रमा पल र बर्षा संगै नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आउनेछ l