मल्टिस्टारर कलाकारहरुको बाहुल्यता रहेको फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको केही समय पछी नै पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार फिचर्ड छन् । मह सञ्चार र किरण केसीको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ मा सुदन केसीको निर्देशन रहेको छ ।

फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । दिर्घ गुरुङको छायांकन रहेको फिल्म यहि बैशाख २० बाट प्रदर्शनमा आउने छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ ।