गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ । चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्मासहित साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ । गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए । विगत लामो समयदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका रचनाकार वाग्ले बोस्टन स्थित हिमालयन कल्चरल एकेडेमीका अध्यक्ष हुन् । ‘ह्याप्पी ह्याप्पी’ बोलको गीतलाई नेपाली वेबसाईट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।

https://youtu.be/wEdqCMPu5PM