कुनै समय थियो जव अहिलेकी चर्चित गायिका अन्जु पन्त गायिका बाला भट्टराईसँगै हुन्थिन् । उनीहरु समकालिन गायिकाहरु हुन् । यी दुईमा कसको स्वर हो भनेर धेरैले चिन्दैन्थे । उनीहरु दुवैको स्वर एकै थियो । तर, बालाको आमा दुर्घटनामा परेर थला परेपछि उनले संगीत छोडिन् । उनी संगीतबाट टाढा भएको करिब १३ बर्ष भइसकेको छ । हाल आमाको उपचारमा समेत समस्या हुन थालेपछि उनले आफ्ना साङ्गितिक बाजाहरु सबै बेचिसकेकी छिन् । उनलाई सानो उमेर देखि नै निन्द्रा नलाग्ने बेथा छ । अहिले उनी आफ्नोसँगै आमाको उपचारमा तल्लिन छिन् l

हेर्नुहोस् बाला भट्टराईसंगको कुराकानी :-