२ वैशाख, रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले खर्च गर्न नजानेर देशको विकास नभएको बताएका छन् ।

खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले नेपालीसंग पैसा नभएको भन्ने भ्रम मात्र भएको तर खर्च गर्ने तरिका नजान्दा पछि परेको बताए । विगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ।

फरक प्रसंगमा उनले अब जनताको मन नजिती भनसुनको भरमा नेता बन्ने दिन गएको बताए ।
प्रदेश ३ का सांसद् शान्तिप्रसाद पौडेलले विकासका लागि स्थानीय सरकारको पहलकदमी महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरुले विकास, निर्माणलगायत विषयमा धारणा राखेका थिए ।