२ बैशाख २०७६ काठमाडौँ : २०७६ को पहिलो दिन लुक्लामा भएको बिमान दुर्घटनाको cctv फुटेज बाहिर आएको छ

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको थियो ।

पाइलट सहित ३ को मृत्यु

लुक्ला विमानस्थलमा ल्यान्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिँदा आइतबार बिहान ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनाङ एयरका पाइलट र २ जना प्रहरी छन्। त्यस्तै समिटका पाइलट र एयर होस्टेस गम्भीर घाइते छन्।

प्रारम्भिक जानकारीअनुसार जहाजमा यात्रु सवार थिएनन्।