काठमाडौं ,१ वैशाख। नयाँ वर्ष २०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै गत साललाई भ्रष्टाचार र बेथिति विरुद्धको अभियान चलाईएको वर्ष भएको रआगामी दिन सुनौलो रहेको बताएका छन् ।

file photo

आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको ओलीले दाबी गरे ।प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका गलत कार्यमा संलग्न व्यक्ति तथा त्यस्ता काम अवैधानिक भएका कामको छानबिन भइरहेको जानकारी दिए । उनले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘घरजग्गा कारोवार होस् वा संगठित तस्करी,भन्साररअध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छितरअनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन ।’

उनले भ्रष्टाचारविरुद्धको यो लडाइँ चुनौतिपूर्ण रहेको पनि बताए । यद्यपि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।’

अफ्रिकी सिंह र हरिणको कथाको अंश उद्धरण गर्दै प्रधानमन्त्री ओलीले छोटो समयसीमाभित्र असिमित काम गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म आफू सक्रिय रहेको जानकारी पनि उनले दिए । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा ३१४ वटा विभिन्न कार्यक्रममा आफू सहभागि भएको र कुनै न कुनै रुपमा जनतासँग सम्वाद जारी राखेको ओलीले बताए ।