काठमाडौँ , १ बैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते भएका छन् । घटनास्थलमै दुईजनाको र उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्‍याउँदा एकजनाको ज्यान गएको हो ।

दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो । ढुंगाना र खड्काको घटनास्थलमै ज्यान गएको हो भने श्रेष्ठको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएपुर्याउँदा ज्यान गएको हो । घाइते दुईजनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।