१ बैशाख २०७५ काठमाडौ : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने यसबर्षको टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बन्न सफल भएका छन् । सन्दीपले सन् २०१९ मा विभिन्न राष्ट्रमा खेलेका लिगमा किर्तिमानी २७ विकेट लिन सफल भएका हुन् ।

भारतमा जारी ईन्डियन प्रिमियर लिग आईपीएल प्रतियोगितामा सोमबार २ विकेट लिदै सन्दीप सर्वाधिक विकेट लिने स्पिनर बन्न सफल भए । हिजोको खेलमा सन्दीपले आफ्नो टोली दिल्ली क्यापिटल्सका लागि किङ्गस इलाभेन पन्जाबविरुद्ध २ विकेट लिएका थिए ।

टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा सन्दीपले नाम चलेका खेलाडीहरु पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगालदेशका शाकिब अल हसनलाई पनि पारेका छन् ।

दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् भने राशिदले २५ र हसनले २४ विकेट लिएका छन् । यस बर्ष सन्दीपले आईपीएल, अष्ट्रेलियाको बिग बास लिग, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगालदेश प्रिमियर लिग खेलेका छन् ।।