यू–१९ विश्वकप छनोट : सिंगापुरमाथि नेपालको रोमान्चक जित

२९ चैत्र २०७५ एजेन्सी: सिंगापुरमाथि नेपालले रोमान्चक जित दर्ता गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले १०५ बलमा ९५ रन बनाएर आउट भएका छन् । रोहित बलमा ७ चौका १ छक्का प्रहार गरेका थिए ।

बलियो टिमको रुपमा परिचित नेपाल आफ्नो पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । सिंगापुर भने नेपाललाई हराउने लक्ष्यमा हुनेछ ।