रियल जोडी सौगात र शृष्टी स्टारर चलचित्र ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ । टिजरमा सौगात मल्ल एक कैदीको रुपमा देखिएका छन् भने शृष्टी श्रेष्ठ पुलिसको भूमिकामा छिन् । चलचित्रको टिजरमा कथा वाचनको शैलीबाट सुरु गरिएको छ । साहित्यकार कुमार नगरकोटीले कविता वाचन गर्दै कथामा आउने मोडहरुलाई घाट, घर र मन्दिरको बिम्ब दिएका छन् ।

टिजरमा लेखेको पत्र बर्दीमा रहेकी शृष्टिले पढिरहेकी छिन् । नोबडी फिल्म्सले प्रस्तुत गरेको ‘मासु भात’लाई सन्जिब के न्यौपानेले लेखन र निर्देशन गरेका छ्न् । सन्जिब सौगात र सिमा जोसीको निर्माणमा बनेको चलचित्रमा सौगात, शृष्टि, पुर्णिमा तामाङ, रेयर राइ, चार्ली बाबा लगायत कलाकारको अभिनय रहेको छ ।