गायक तथा मोडल सन्दिप न्यौपाने र गायिका बिष्णु माझिको स्वर रहेको गीत ‘लालुमै’ करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको ‘लालुमैु’ बोलको गीतले अत्याधिक दर्शकहरुको साथ पाउन सफल भएको हो ।

छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । यो गीतमा शिब हमालको शब्द तथा सङ्गीत छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचर्ड छन् l