बैशाख २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । निर्माण टिमले शुक्रबार युट्युव मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले अमेरिका जान गरिने संघर्षलाई मुख्य कथा बनाएको छ । किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गरेका छन् l

उनको यो डेब्यु निर्देशन हो । शत्रुगते सफलतापछि निर्माण भएको नया चलचित्रको टिम यतिवेला मोफसल प्रमोशनमा रहेको छ । चलचित्र ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, बर्षा राउत, आंचल शर्मा, पुष्प खडका, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।