फिल्म ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर रहेको छ । गीतमा प्रतिक पौडेलको शब्द तथा प्रतिक पौडेल स्वयम् र पुष्पन प्रधानको संगीत रहेको छ l रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुदिप बरालले खिचेका हुन् ।

भिडियोमा अनमोललाई स्टार गायकको रुपमा प्रस्तुत गरिएको छ भने डेब्यु नायिका सुहाना थापा अनमोलको फ्यानको रुपमा देखिएकी छन् । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको भूमिका छ । फिल्म आजबाट प्रदर्शनमा आएको छ ।