यो शुक्रबार दुई नेपाली चलचित्र रिलिज भएका छन् । झरना थापाको निर्देशनमा ‘ए मेरो हजुर ३’ र सम्राट शाक्यको निर्देशनमा ‘यात्रा’। अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ उनको लागी यो बर्षको दोश्रो रिलिज चलचित्र हो । ‘ए मेरो हजुर’ आफैमा दर्शकका लागी ब्राण्ड हो । अघिल्लो सफलता संगै झरनाले निकै लामो समय लगाएर ‘ए मेरो हजुर ३’ निर्माण गरिन् । चलचित्रमा झरना सुपुत्री सुहाना थापाले डेव्यु गरेकी छिन् । अनमोल र सुहानाको साथमा चलचित्रमा सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै ‘ए मेरो हजुर २’ बाट डेव्यु गरेका सलिनमान बनियाँ लिडमा रहेको चलचित्र हो ‘यात्रा’ । चलचित्रमा उनि भ्लगरको भूमिकामा देखिएका छन् । यो चलचित्र चल्ने ठुलो जिम्मेवारी उनको काँधमा रहेको छ । स्टाइलका कारण चर्चामा रहेका सलिनको साथमा चलचित्रमा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । अब यी दुई चलचित्रमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकि रहेको छ।