२९ चैत्र २०७५ एजेन्सी: युरोपियन फुटबल एसोसिएशन (युइएफए) द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धा हो जसमा शीर्ष-बिभाजित युरोपियन क्लबहरु समाबेश भएका हुन्छन् । यो विश्वको सबैभन्दा प्रतिष्ठित टूर्नामेन्ट र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धामा हो ।

युइएफए च्याम्पियन्स लिग फाइनलमा विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो । २०१२-१३ टूर्नामेंटको फाइनलले सबैभन्दा बढी टिभि रेटिङ पाएको थियोे र यो खेल ३६० मिलियन टेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए ।

यो वर्ष च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), म्यानचेस्टर सिटी(इंग्ल्यान्ड) लिभरपुल(इंग्ल्यान्ड) टोटनह्याम(इंग्ल्यान्ड) युभेन्टस (इटाली) आयाक्स (नेदरल्यान्ड्स),बार्सिलोना (स्पेन) र पोर्टो (पोर्चुगल)अन्तिम ८ पुगन सफल भएका छन् ।

यसपटक चयाम्पियन्स लिगको क्वार्टरफाइनलमा सबैभन्दा बढी इंग्लिस टोली ४ वटा पुगेका छन् भने स्पेन,पोर्चुगल,इटाली र नेदरल्यान्ड्सका १ -१ टोलि पुगेका छन् ।

ड्रमा ला लिगा लिडर बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।म्यानचेष्टर सिटीले लिग टिम टोटनह्यामसँग खेल्ने भएको छ । लिभरपुल र पार्टो तथा अयाक्सले युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

पहिलो लिगको क्वार्टरफाइनल खेलमा लिभरपुल र टोटनह्याम विजय भएका थिए भने दुस्रो खेलमा म्यानचेस्टर युनाईटेडलाई हराउँदै बार्सिलोनाले अग्रता लिन सफल भएको थियो । आयाक्स र युभेन्टस
बराबरी रोकिएको थियो ।

युइएफए च्याम्पियन्स लिगमा सब भन्दा सफल टोलि रियल म्याड्रिड हो यो कलबले अहिले सम्म १३ औंं उपाधि हात पारिसकेको छ एसी मिलान भने ७ चोटी उपाधि हात पारिसकेको छ । वायर्न म्युनिख,लिभरपुल र म्यानेस्टर युनाइटेड ५ चोटी उपाधि हात परिसकेका छन् भने आयाक्स ४ चोटी जितेको छ ।

क्वार्टरफाइनलको खेल चलिरहदा यसपटक च्याम्पियन्स लिग कसले जित्ला भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् ।सैक्रममा ‘फाइभ थर्टी एइट्स स्कोरर पावर इन्डेकस’ ले गरेको एक सर्वेक्षण रिपोर्टअनुसार यसपटक च्याम्पियन्स लिग इंग्लिस टोली लिभरपुलले जित्ने सम्भावना बढी छ ।
‘फाइभ थर्टी एइट्स स्कोरर पावर इन्डेकस’ ले गरेको एक सर्वेक्षण रिपोर्ट यस्तो रहेको छ ।
लिभरपुल:२८ %
बार्सिलोना:२७%
म्यानचेस्टर सिटी:२२ %
युभेन्टस:८%
टोटनह्याम:८%
म्यानेस्टर युनाइटेड:१%
पोर्टो:१%
आयाक्स:५%