गायक सुगम पोखरेलको ‘कर्णाली’ बोलको फरक शैलीको गीत सार्वजनिक भएको छ । ‘स्वेत हंशिनी’ एल्बममा समाबेश रहेको उक्त गीतमा सुदुर पश्चिमको परिवेश झल्किन्छ । सुगमकै शब्द लेखन, संकलन तथा संगीत रहेको गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ ।

पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा आफैले कैद गरेका दृश्यहरु उनले भिडियोमा समाबेश गरेका छन् । सर्बदेब सिग्देलले छायांकन गरेको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।