बैशाख २० गते बाट देशब्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’ ले मोफसल प्रचार सुरु गरेको छ । निर्माण टिम अहिले फिल्मको प्रचारप्रसारको क्रममा बिर्तामोड पुगेको छ । बिर्तामोड पुगेर निर्माण टिमले कन्सर्टको आयोजना गर्दै नृत्य समेत गरेको छ ।

आयोजित कन्सर्टमा हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल लगायतले आफ्नो प्रस्तुति दिइएका थिए ।

चैत्र २५ गते पूर्वको बिर्तामोडबाट सुरु भएको उक्त फिल्मको मोफसल यात्रा चैत्र २६ गते दमक, चैत्र २७ गते ईटहरी, चैत्र २८ गते हेटौँडा, चैत्र २९ गते चितवन , चैत्र ३० गते बुटवल, बैशाख १ गते नेपागन्ज, बैशाख २ गते दाङ र बैशाख ४ गते पोखरामा आएर टुंगिने छ ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा, वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।