गायक राजन कार्की र गायिका लक्ष्मी नेपाली तथा पूर्णकला बि.सी.को आवाजमा ‘खोलिमा माछी’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ l सार्वजनिक गीतमा गायक स्वयमको शब्द र संगीत रहेको छ l

बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले कोरियोग्राफी गरेका छन् l दिपक पौडेलले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् l गीतको भिडियोमा गायक तथा मोडेल प्रकाश सपुत र अन्जली अधिकारी फिचर्ड छन् l