काठमाडौं, चैत्र २४ – वर्षाका कारण स्थगीत भएको मातृभूमी कप क्रिकेट खेल चैत ३० गते संचालन हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको हो ।

यस अघि चैत २३ गते शनिबार हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको थियो ।धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) ले एक सुचना सार्बजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका छन् ।उक्त प्रतियोगीता नयाँ बर्षको अवसर पारेर आयोजना गर्ने तयारी भईरहेको छ ।

कलाकारहरुको अभ्यास खेल पुन मंगलबारदेखि सुरु हुने धुर्मुसले जानकारी दिएका छन् ।प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।