काठमाडौं ,१९ चैत । वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्र बाराको फेटामा पुगेका छन्। उनी प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि त्यहाँ पुगेका हुन्।

सोमबार रात्री बसमा बारा पुगेका डा केसी मंगलबार बिहान बाराको फेटामा पुगेका हुन्। उनले घाइतेको उपचार समेत सुरु गरेका छन्।

उपचारका लागि आवश्यक औषधिसमेत आफ्नै खर्चमा किनेर डा केसी प्रभावित क्षेत्रमा पुगेका हुन्। बाराको फेटा सबैभन्दा बढी प्रभावित क्षेत्र हो।डा केसीले मंगलबार दिनभरी नै उक्त क्षेत्रमा बिरामीको उपचार गर्ने बताएका छन्।