इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत अहिले दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पन्जाब भिडिरहेका छन्। पन्जाबले १४ ओभरमा ४ विकेट गुमाएर एक सय २१ रन जोडेको छ। नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिएर दुई विकेट हात पारे।

पहिलो ओभरमा १० रन खर्चिएर एक विकेट हात पारेका सन्दीपले दोस्रो ओभरमा चार र तेस्रो ओभरमा ९ रन खर्चिएका थिए। उनले चौथो ओभरमा एक विकेट लिएर चार रन मात्र दिए। सन्दीपले चौथो ओभरको पाँचौँ बलमा टिम कुरानलाई आउट गरेका थिए। चौथो बलमा छक्का खाएका सन्दीपले लगत्तै बलमा कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए।

उनले सरफराज खानलाई ३९ रनमा आउट गर्दै पन्जाबको चौथो विकेटका लागि ६२ रनको साझेदारी तोडेका थिए। यसअघि सन्दीपले कोलकत्ता नाइट राइडर्सविरुद्ध पूरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए ।