युवास्टार प्रदीप खड्काको युवापुस्तामा लोभलाग्दो क्रेज छ l उनलाई आफ्नो फिल्ममा लिन निर्माताबीच तानातान हुने गरेको छ । उनलाई लिएपछि फिल्मले लगानी उठाउन ठूलो संघर्ष गर्न नपर्ने मान्यता फिल्मकर्मीमा छ । अहिले उनको डिमाण्ड जति चुलिँदो छ पारिश्रमिकले पनि शिखर चुमिरहेको छ । तर, उनी आफूलाई सुहाउँदो भूमिका र टिम हेरेर मात्र फिल्म छनोट गर्ने गर्दछ । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ ले नसोचेको सफलता दिलाएपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन ।

तर, पछिल्लो रिलिज फिल्म ‘रोज’ को असफलताले भने उनलाई नराम्रो झट्का दियो । यो फिल्मको असफलताले उनमा निर्देशक राम्रो चाहिने चेत पनि पलाएको छ । उनको पाइपलाइनमा रहेका फिल्मका निर्देशक हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । उनी अभिनीत नयाँ फिल्म ‘लभ स्टेशन’ यही चैत २२ मा प्रदर्शनमा आउँदैछ । यसलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यो फिल्मपछि उनले क्रमशः हेमराज विसी, रामबाबु गुरुङ, छेतन गुरुङसँग काम गर्दैछन् । तर, पाइपलाइनमा रहेका फिल्ममध्ये ‘लभ स्टेशन’ पछि उनले गर्ने प्रोजेक्टको भने अझै टुंगो लागेको छैन । प्रदीपले क्यानाडा नेपालसंगको ‘र्यापिड फाएर’ अन्तरबार्तामा फिमेल जेन्डर परिबर्तन गर्ने मौका पाएमा करिश्मा मानन्धरको गर्ने खुलासा गरेका छन् |

हेर्नुहोस भिडियो कुराकानी:

यस्तै उनले पुजा शर्मा र जसिता गुरुङ मध्ये उत्कृस्ट को -आर्टिस्ट जसिता गुरुङ बताएका छन् l उनले निर्देशक हेमराज बि.सी. सँग सहकार्य गर्न मन रहेको र फेरि निर्देशक उज्ज्वल घिमिरेसँग सहकार्य गर्ने इच्छा रहेको बताए l उनले मनपर्ने कलर कालो, मनपर्ने कलाकार सन्तोष सेन, मनपर्ने फिल्ममा प्रेमगीत, मनपर्ने गीतमा ‘मैले सोचेको जस्तै’, मनपर्ने ठाउँ पोखरा बताएका छन् l उनले जुनसुकै नेपाली फिल्म भएपनि सबै भाषामा डब भएर एकदम चलेको हेर्ने चाहना रहेको बताए l