विकासराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ को प्रदर्शन मिति तय भएको छ। फिल्म साउनको ३० गते जनैपुर्णिमाबाट नेपालभर प्रदर्शन हुनेछ । आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहेको छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको हो ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, सलोन बस्नेत, स्वस्तिमा खड्का, अनुभव रेग्मी लगायतको अभिनय छ । यस फिल्ममार्फत अकिलेश प्रधान नेपाली फिल्ममा डेव्यु गर्दैछन् । फिल्ममा पुरुषोतम प्रधानको छायाँकन, वसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यो फिल्म स्टारकाष्टका कारण चर्चामा रहेको छ ।