‘पारी त्यो डाँडामा’ बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको ‘जे पर्ला पर्ला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा मानसको गायन, शब्द र संगीत रहेको छ । भारतीय डान्स रियालिटी शोज डान्स प्लसका उपविजेता सुजन मार्पा तामाङ र उनको ग्रुपका कलाकार फिचर्ड भिडियोको कन्सेप्ट र निर्देशन सुजन मार्पा तामाङको नै हो ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई रिक्की कर्माचार्यले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छ l भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस् l

https://youtu.be/er47NL5sU8o