दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ । गीतको भिडियोमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको साथै गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ ।

सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । अनिल केसी प्रस्तुतकर्ता रहेको भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् । यसैविच, यो भिडियोको कभर भिडियो बनाउनेलाई १ लाख ११ हजार १ सय ११ र टिकटक भिडियो बनाउनेलाई २२ हजार नगद घोषणा गरिएको छ ।