चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ । मल्टी स्टारर चलचित्रमा समावेश पहिलो गीत ‘भिजिट भिषामा’ ले दर्शकको निकै राम्रो साथ पाएको छ । पहिलो गीतको सफलता पश्चात निर्माण टिमले दोश्रो गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

चलचित्रको पात्र भाव झल्काउने गीतको भिडियो अगाडी निर्माण टिमले केहि तस्विर सार्वजनिक गरेको छ । सार्वजनिक तस्विरमा चलचित्रका मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंह सेफको भूमिकामा देखिका छन् ।

यी दुईको साथमा भिडियोमा पुष्प खड्का र आंचल शर्मा देखिने तयारीमा रहेका छन् । मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माण रहेको चलचित्रलाइ सुदन केसीले निर्देशन गरेका छन् l हरिवंश आचार्यको कथा रहेको चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ लगायत निर्माताको रुपमा रहेका छन् ।

दिर्घ गुरुङ्गको छायाकन रहेको चलचित्रलाई मित्र डी गुरुङ्गले सम्पादन गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, पुष्पल खड्का, आंचल शर्मा मुख्य भूमिकामा छन् l