चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को शिर्ष गीत सार्वजनिक भएको छ। अन्जु पन्त र प्रताप दासको स्वरमा रहेको ‘जानी नजानी’ बोलको गीतमा मोदनाथ खनालको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ । प्रविन सिहंको कोरियोग्राफी रहेको गीतको भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेत फिचर्ड रहेका छन् ।

मोदनाथ खनाल र सागर काजी माली निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ताको रुपमा रोशनी केसी रहेकी छिन् । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद, अर्जुन पोख्रेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायाकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।