अभिनेत्री बर्षा राउत प्रेमी सन्जोग कोईराला संग विवाहको तयारीमा रहेकी छिन् । निकै लामो समयको प्रेमलाई फागुन २ गते विवाहको नाम दिन लागेकी बर्षा यतिबेला चलचित्र ‘गोपी’ को प्रमोशनका लागी मोफोसलमा रहेकी छिन् । सोहि क्रममा चलचित्र प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् ।