काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश गम्भीर मोडतर्फ लागिरहेको टिप्पणी गर्नु भएको छ । स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा। केसीले अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा नभएको बताउनु भयो ।

उहाँले पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गर्ने काम भएको जिकिर गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा पिसाव फेर्ने काम समेत भइरहेको गुनासो गर्नु भयो । उहाँले अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा रहेको चर्चा पनि गर्नुभयो । विश्लेषक केसीले ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भएको तर त्यसको जिम्मा सेनाले लिन नसक्नु दुर्भाग्य भएको बताउनु भयो । उहाँले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको खुलासा समेत गर्नुभयो । उहाँले कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने नभइ त्यो समस्याको जड के हो भन्ने तर्फ लाग्नु पर्ने बताउनुभयो ।

हेर्नुहोस भिडियो:

विश्लेषक केसीले मुलुकमा दलितहरु, गरीबहरु ख्रीष्टियन बनिरहेको चर्चा गर्दै किन यस्तो भैरहेको छ भन्ने तर्फ लाग्ने समय आएको बताउनुभयो । डा।केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताउँदै निर्मला पन्तका हत्यारा रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाउनु भयो । उहाँले निर्मला पन्तको हत्या प्रकरणमा सरकार उल्टो बाटो हिँडिरहेको बताउँदै प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गरेको दावी गर्नुभयो ।