कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता हात पर्न सफल भएकी थिइन् । श्री स्वस्थानी चलचित्रबाट रजतपटमा डेव्यु गरेकी जलले अवतार चलचित्रबाट अभिनेत्रीको रुपमा डेव्यु गरिन् ।

हाल जल नेपाली सिने क्षेत्रबाट निकै टाढा रहेकी छिन् । निकै लामो समयबाट उनले अमेरिकालाई कर्मथलो बनाएकी छिन्।छोरी र श्रीमान संगै उनि अमेरिका बस्ने गर्दछिन् ।

हेर्नुहोस जल शाह सङ्गको भिडियो कुराकानी:

अमेरिका बसोबास गरे पनि नेपाली चलचित्रबाट उनको मोह भने हटेको छैन । गएको बर्ष नेपाल आएकी शाहले चलचित्र निर्माण र अभिनयमा आफु सक्रिय हुने बताएकी थिइन् । तर अव उनि कहिले नेपाली चलचित्रमा कुन रुपमा कमब्याक हुन्छिन् त्यो भने स्वयम् जललाई थाह होला । पराई घर, शंकर, ठुल्दाइ, नेपाली बाबु, नाता रगतको, बुहारी लगायत धेरै हिट चलचित्र दिएकी जलले चार दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् ।