३ माघ बुधबार क्यानडानेपाल डट टिभी : – प्रधानमन्त्री केपी शर्मा ओलीले
चोभारमा निर्माण हुन लागेको विवादीत सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले बन्दरगाहको बिहीबार शिलान्यास गरेका हुन् । स्थानीय केही व्यक्तिले सिमेन्ट कारखानाको जग्गा आफूहरुलाई दिनुपर्ने भन्दै विरोध गरेकाले लामो समयदेखि बन्दरगाह निर्माण अड्किएर बसेको थियो ।

स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने समेत माग राखेका छन् । तर, सरकारले त्यसको बेवास्ता गर्दै आफ्नो अडान कायम नै राख्दै बन्दरगाहको शिल्यानाश गरेको हो ।

शिलान्याशकै क्रममा पनि बिरोध भएपछी विरोधमा प्रदर्शन गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।