३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव एनजीओको धन्दामा लागेको खुलासा गर्दै अडियो सार्वजनिक गरेका छन् । आफ्नो एनजीओलाई कार्यक्रम पारिदन आग्रह गरेको र आफूले नमानेपछि आफूमाथि मन्त्रीले हात हालेको उनले उक्त अडियोमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको उक्त अडियोमा सचिव झाले मन्त्री यादवले चलाउँदै आएको एनजीओको नामसमेत उल्लेख गरेका छन् । मन्त्रीबाट पिटिएपछि आफ्नो बचाउ गर्न सचिव झाले मन्त्रीको नाममा रहेको एनजीओको नाम नै उल्लेख गरेको बताएका छन् ।

सचिव झाले दिएको जानकारीअनुसार सिरहा गोलबजार नगरपालिकामा ‘सहकार्य नेपाल’ नामक एनजीओलाई मन्त्री यादवले बजेट पारिदिन भन्दै उनलाई दबाब दिँदै आएका थिए । कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागि प्रतिस्पर्धामा फारम भरिएको उक्त एनजीओ लाई बजेट पार्नको लागि उनको दबाब रहेको थियो ।

बजेट पारिदिएबापत सचिव झालाई उक्त संस्थामा आबद्ध व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभनमा पारेको रेकर्ड समेत आफूसँग रहेको सचिव झाले दाबी गरेका छन् तथा डायरी नखोसिएको भए घटना भएकै दिन उनि सबै तथ्य सार्वजनिक गर्ने तयारीमा थिए । उनले भनेका छन्, ‘एनजीओको नाम म घटना भएकै दिन खोल्न थाहन्थें, तर मेरो डायरी मन्त्रीज्यूले खोस्नुभएको थियो’, उनले थपे, ‘मेरो ब्याकग्राउन्ड खोतल्नेको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु ।’

उक्त अडियोमा मैथिली भाषामा संस्थाआबद्ध व्यक्तिले सचिवलाई भनेका छन् , ‘पिसिबाला भाग हुन्छ भने मन्त्रीको मान्छे हो भने दिँदैन भनेर नसोच्नु होला ।’ प्रतिक्रियामा सचिव झाले भनेका छन्, ‘मलाई एकसुको चाहिदैन, यी कुरामा मेरो रुचि छैन, यस्ता कुरा मेरा अगाडि नगर्नुहोला, तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो ध्यान गएको छ ।’

मन्त्रिको यस्तो कर्तुत सार्वजनिक हुनुलाई तपाइँ के भन्नुहुन्छ ? आफ्नो