२ माघ बुधबार क्यानडानेपाल डट टिभी : भ्रष्टाचार आरोपित चुडामणि शर्मा यतिवेला आफू निर्दोष सावित हुनको लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा राजनीतिक चलखेलकै कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह–सचिवको नाम सार्वजनिक गर्दा उनै भ्रषटचार आरोपित शर्मा पहिलो नम्बरमा पर्न सफल भए । अहिले उनि आफू निर्दोष सावित हुनको लागि पनि सोहि पावरहाउस तिर धाउन थालेका छन् ।

उनी यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मान्छे हुँ भन्दै हिँड्न थालेको कुरा श्रोतले बताएको छ । यति मात्र हैन उनि आफू निर्दोष सावित हुनेमा पनि बिस्वस्त छन् ।

शर्माको मुद्दा तत्कालिन न्यायाधीश चोलेन्द्र शमशेर राणा (हालका प्रधानन्यायाधीश) र न्यायाधीश प्रकाश सिंह राउतको इजलासमा परेको थियो । शर्मासहित तीन जनालाई अख्तियारले करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । शर्माबारे अन्तिम फैसला चाँडै हुँदैछ ।